कांग्रेसले मनाङ प्रदेश सभा उपनिर्वाचनका लागि दल दर्ता गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २२ भाद्र । नेपाली कांग्रेसले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने भएको छ । आज (आइतबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा दल दर्ता गर्ने विषय मूल एजेन्डा भएको पार्टी सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिए ।

केन्द्रीय समितिले निर्णय गर्नुपर्ने भए पनि तत्काल केन्द्रीय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुने गरी निर्णय गरेको उनले जानकारी दिइन् ।

त्यस्तै पार्टीले सामाजिक सञ्जालको नियमन राम्रो कुरा भए पनि बन्द गर्नु नहुनेमा जोड दिइएको उनले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्