काठमाडौं, २२ भाद्र । देशको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ ।
सरकारले वर्षभर राम्रो काम गर्ने कर्मचारीको मूल्याङ्कन गरी एक जनालाई सर्वोत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जना निजामती पुरस्कारको समेत घोषणा गरिने प्रावधा अनुसार यस वर्ष पुरस्कृत गर्ने कर्मचारी नै नभेटिएको बताएको छ । ।
आज २२ औं निजामती सेवा दिवस। ‘व्यावसायीक र सिर्जनशिल प्रशासनः विकास, समृद्धि र शुसासन’ भन्ने नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाउँदैछ।
दिवसका अवसरमा मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा रहेको मूल समाहरोह समितिले बिहान सिंहदरबारबाट प्रभातफेरि निकालेको छ।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मुल समारोह कार्यक्रम सुरु भएको छ।
समारोहमा प्रधानमन्त्रीको उपस्थिति भने रहेको छैन् । उनले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई पठाएका छन्।
विगत ९ वर्षयता सरकारले सर्वोत्कृष्ट कर्मचारी भेटाएको छैन । कर्मचारी कल्याण महाशाखाकी शाखा अधिकृत सीतादेवी थापाले यो वर्ष पुरस्कार नदिने जानकारी दिइन्। थापाका अनुसार कर्मचारीको सूची तयार पारे पनि मन्त्रिपरिषद्को स्वीकृति नहुँदा पुरस्कार वितरण हुन नसकेको हो।











