
काठमाडौं, १२ मंसिर । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी हुनु भएकाे छ ।
नेकपा एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई पराजित गर्दै महत विजय हुनु भएकाे हाे ।
निर्वाचन आयोगका अनुसार महतले १३ हजार ७२७ मत प्राप्त गरी विजयी हुदाँ एमालेका श्रेष्ठ ११ हजार ८३१ मतमा सिमित हुनु भएकाे छ ।
तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विमल थापाले तीन हजार ९२ मत ल्याउनुभएकाे छ ।