दार्चुलाका विष्टको हत्या आरोपमा एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

दार्चुला, १२ मंसिर। दार्चुलाको व्याँस गाउँपालिका ४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

व्याँस गाउँपालिका ४ डोकटकै २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयाे । विष्टलाई आइतबार पक्राउ गरेर अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान थालिएको उनले जानकारी दिनुभयाे ।

मंसिर ३ गते राति दुवैको दार्चुला तिंकर सडकमा भेट भएको र दुवैले मदिरा सेवन गरेकाले विवाद हुँदा हत्या गरेको प्रहरीले जनाएको छ ।

दुवैबीच एक आपसमा विवाद हुँदा दीपक विष्टले नरसिंह विष्टको टाउकोमा ढुङ्गाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक शाहीले बताउनुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्