संसदीय सुनुवाइ समिति को बैठक बस्दै,सभापतिको निर्वाचन सम्बन्धमा प्रक्रिया अगाडि बढाइने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बस्दै छ।

कानुन, न्याय तथा मानव अधिकार समिति हलमा ५ः१५ बजे बस्ने गरी निर्धारण भएको समिति बैठकमा सभापतिको निर्वाचन सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ।

समिति सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समिति सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो। सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्