काठमाडौँ । देशमा सक्रिय मनसुन प्रणालीको प्रभावका कारण आज र भोलि देशभर सामान्य बदली रही वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ, जसको असरले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली देखिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।
देशभर सामान्य बदली रहनेछ।लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित पहाडी क्षेत्रमा केही स्थानहरूमा र तराई क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
देशभर सामान्य बदली रहनेछ।कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ।
भारी वर्षाको सम्भावना रहेको पहाडी क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। भारी वर्षाका कारण पहिरो, बाढी, आवागमन अवरुद्ध जस्ता जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।











