बन्द गरिएका सामाजिक सञ्जाल सूचीकृत भए तत्काल खुल्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ १९ । सरकारले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई क्रमश: बन्द गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले क्रमश: बन्द गरिने सूचनामार्फत जानकारी गराएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार, सूचीकरणका लागि नआएका प्लेटफर्महरूलाई नेपालभरत नचल्नेगरी रोक लगाउन लागिएको हो ।

त्यस्त, बन्द गरिने सञ्जालहरू सूचीकृत गरिएको खण्डमा पुन: खोलिने पनि सरकारले जनाएको छ । २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।

उक्त म्याद गएरातिबाट सकिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्