गोंगबबाट ३ करोड बढी नगदसहित श्रोत नखुलेको गहना बरामद

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ १७ । काठमाडौं प्रहरीले गोंगबुस्थित विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको ३ करोड ५० लाख रुपैयाँ बरामद गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार ठूलो परिमाणमा स्रोत नखुलेका गरगहना पनि रहेको सूचनाका आधारमा अनुसन्धान भइरहेको छ ।

भन्सार छलेर ल्याइएका गरगहनाको भण्डारण र त्यसको विक्रीबाट आएको रकम हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ती नगद र गरगहना भण्डारण गर्ने व्यक्ति र कारोबारी पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्