प्रधानमन्त्री ओली बेइजिङमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री ओली बेइजिङ पुगेका छन् । चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सम्पन्न भए पश्चात प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका हुन् ।

प्रधानमन्त्री ओली थियाजिनको कार्यक्रम सकाएर रेलमार्गबाट बेइजिङ पुगेका प्रधानमन्त्रीको सचिवालयले जानकारी जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ ।

उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्