मनाङ–२ प्रदेश सभाको उप निर्वाचन कार्तिक १७ गते 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ भदौं । निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तय गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी कात्तिक १७ गते हुने गरी मनाङमा प्रदेश सभा उपनिर्वाचनका लागि मिति तोकिएको हो ।

सो क्षेत्रवाट तत्कालिन प्रदेशसभा प्रतिनिधि राजिव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशसभामा निर्वाचित भए पनि सर्वोच्च अदालतले गत असार ४ गते पदमुक्त गरेको थियो । 

सर्वोच्च अदालतले गुरुङ उपरको ज्यान मार्ने उद्योग मुद्दा फैसला भएको भन्दै उनको पदका लागि अयोग्य ठहर गगरेको थियो ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्