काठमाडौँ । साइबर अपराध कसुरमा पक्राउ परेका अरनिको पाँडेविरुद्धको मुद्दा अदालतमा दर्ता भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्यसमेत रहेका डा. पाँडेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार मुद्दा दर्ता गराएको हो ।
पाँडेको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायधीस ध्रुवराज कार्कीको इजलासमा परेको छ । बुधबार पाँडे आफैँ प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका थिए ।
उनीमाथि एक महिलाले चरित्रहत्या हुने खालको शब्दहरू प्रयोग गरेर इमेल तथा ह्वाट्सएपमार्फत पठाएको भन्दै जाहेरी दिएकी थिइन् ।
सोही आधारमा ब्युरोको टोलीले उनीमाथि भदौ ९ गते पक्राउ अनुमिति मागेको थियो । बुधबार नै साइबर अपराध कसुरमा नेकपा एमालेका नेता ऐन महरसमेत पक्राउ परेका थिए ।
तर, महर भने सोही दिन सरकारी वकिल कार्यालयबाट नै थुनामुक्त भएका थिए । पाँडेलाई मात्रै थुनामा राखेको भन्दै प्रहरीको चौतर्फी आलोचना भएको छ ।











