आइटी क्षेत्रमा काम गर्ने जनशक्तिलाई आकर्षक तलब अफिसरको दुई लाखसम्म

खबर बुक
  • ख-
  • ख+

कठमाण्डौं, १२ भाद्र । सरकारले सूचना प्रविधि (आइटी) क्षेत्रका अफिसरको तलब दुई लाख रुपैयाँसम्म हुने बताएको छ । सरकारी कार्यालयमा सेवा विस्तारका क्रममा हुने ढिलासुस्ति र भ्रष्टाचार नियन्त्रण गर्ने उद्धेश्यले (आइटी) क्षेत्रका दक्ष कर्मचारीको तलब दुई लाख निर्धारण गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले लेखेका छन् ‘सूचना प्रविधि (आइटी) क्षेत्रमा काम गर्ने दक्ष जनशत्तिलाई सरकारले दुई लाख रुपैयाँ सम्म तलब व्यवस्थापन गरेको छ ।’

साथै प्रधानमन्त्रीले भनेका छन् ‘यसबाट अनलाइन मार्फत सरकारी सेवा विस्तार गर्दा काममा हुने ढिलासुस्ती गर्ने घुस र कमिसन लिने प्रवृति नियन्त्रण हुने छ ।’
प्रधानमन्त्रीले यो सुखद् कदम भएको र आईटी क्षेत्रका दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोकिने विश्वास लिइएको बताएका छ ।

यस कदमले सफ्टवेयर प्रणाली विकासको लागत अनुमान यथार्थपरक बनाउने प्रधानमन्त्रीको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्