
एसिया कप क्रिकेटको सुपर फोरको पहिलो खेलमा आज श्रीलङ्का र अफगानिस्तान खेल्दैछन् ।
खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे दुबईस्थित सारजाह क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि गएराति भएको खेलमा हङकङलाई १ सय ५५ रनले हराउँदै पाकिस्तान विजयी भएको छ । जितसँगै पाकिस्तान सुपर चारमा पुगेको छ ।
पाकिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको हङकङ १० ओभर ४ बलमा ३८ रन जोड्दा अलआउट भयो । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभर २ विकेट गुएर १ सय ९३ रन बनाएको थियो ।