काठमाडौं, १० भदौ । नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेल टी–२० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई पराजित गरेको छ । आज बिहान भएको खेलमा नेपालले एसीटीलाई ४१ रनले पराजित गरेको हो ।
सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए । नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो ।
एसीटीका लागि जेक स्मिथले सर्वाधिक ५० तथा जाक केघले २५ रन बनाए । काइ ब्रंकरले अन्त्यतिर केही आकर्षक शटहरू खेल्दै २६ रनमा अविजित रहे ।
नेपालका लागि सन्दीपले ४ ओभरमा ३१ रन दिएर ५ विकेट लिए । त्यस्तै करण केसीले २ तथा रुपेश सिंहले १ विकेट लिए ।












