भियतनामका उपराष्ट्रपति सुआन शनिबार नेपाल आउँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ७ भाद्र । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको औपचारिक भ्रमणका लागि आज (शनिबार) काठमाडौँ आउदै छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि ९ गतेसम्म नेपालको भ्रमण भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने छ ।

यस्तै उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भदौ ९ गते स्वदेश फर्किने तालिका रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्