लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको सहमतिको विरोध गर्दछुः सचेतक बर्तौला

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौैं, ५ भाद्र । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको सहमतिको विरोध गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा बोल्दै बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएकाले नेपालको स्वीकृति र जानकारीबिना सीमा व्यापार गर्ने सम्बन्धी भारत र चीनबीच सहमति भएको भन्दै एमाले संसदीय दलको तर्फबाट विरोध र असहमति रहेको बताएको हो ।

भूगोल, अर्थतन्त्र, जनसंख्याका आधारमा देश ठूलो–सानो हुन सक्ने तर स्वाधिनता, सार्वभौमिकताका हिसावले देश ठूलो सानो हुन नसक्ने उनले बताए ।

उहाले नेपालको स्वाधिनता र सार्वभौमिकतामाथि हस्तक्षेप भए प्रतिकार र सशक्त विरोध गर्ने स्पष्ट पारे ।

बर्तौलाले उच्चस्तरीय कुटनीतिक सम्बादको माध्यमबाट यस बिषयको हल निकाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्