काठमाण्डौं, ४ भाद्र । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ५ मलेकपुरका अध्यक्ष देवेन्द्र साहको मङ्गलबार राति निधन भएको छ । ७० वर्षीय वडा अध्यक्ष साहको उपचारका क्रममा चिवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको हो ।
साह लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहेको गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले जानकारी दिए।
साह २०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका थिए ।











