काठमाण्डौं, ४ भाद्र । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० सिरिजको खेलमा नेपालले आज मेलबर्न रेनेगेड्ससँग खेल्दैछ । नेपालले आज आफ्नो पाँचौ खेल मेलबर्न रेनेगेड्ससँग खेल्न लागेको हो ।
नेपाली समयअनुसार सवा ११ बजे पार्मस्टनमा खेल शुरु हुनेछ । नेपालले लगातार तीन खेलमा हारे ब्याहोरेको थियो । हिजो होबर्ट हरिकेन्स एकेडेमीसँग भएको चौथौ खेलमा ६६ रनले हराउँदै पहिलो जीत निकालेको छ ।
नेपालले शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ ।
यो शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप इण्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।












