काठमाडौं, भदौ ३। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले उपसभामुख इन्दिरा रानामगरविरुद्ध हस्ताक्षर संकलनको विषयमा कुनै औपचारिक छलफल नभएको दाबी गरेका छन्।
मंगलबार सिंहदरबारमा कांग्रेस र एमालेले आफ्ना सांसदहरूबाट हस्ताक्षर संकलन गर्दै उपसभामुख रानामगरविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका बेला घिमिरेले संकलन ‘विशेष प्रयोजनका लागि’ भएको बताएका हुन्।
“अहिलेसम्म उपसभामुखबारे कुनै औपचारिक छलफल भएको छैन,” घिमिरेले भने, “आवश्यकता अनुसार केही विशेष प्रयोजनका लागि हस्ताक्षर संकलन गरिएको हो।”
तर, कांग्रेस र एमाले स्रोतहरूले उपसभामुखले पदीय आचरण विपरीत काम गरेको भन्दै अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेको जनाएका छन्।











