उपसभामुख रानालाई पदबाट हटाउने निणर्य गलतः प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ३ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हताउने कार्यको विरोध गर्ने बताएका छन् । ( आज (मंगलबार) पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ति गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताएको हुन् ।

उनले वर्तमान सरकार गठन भएदेखि नै गल्ति बाहेक राम्रो कुनै काम गर्न नसकेको बताए ।

प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाती महिलालाई अनाहकमा हटाउने कोशिस गलत रहेको जिकिर गरे ।

प्रचण्डले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएको आरोप समेत कपोकल्पीत रहेको बताए ।

यस्तै उपसभामुख रानामगरलाई हटाउने तयारीका साथ सिंहदरबारमा सत्ता गठबन्धनको बैठक बस्दै छ । उपसभामुखलाई पदमुक्त गर्न खाली पानामा हस्ताक्षर संकलन गरिरहेका सत्तारुढ दल कांग्रेस र एमालेसहित सरकारलाई समर्थन गर्ने दलहरूको बैठक बस्न लागेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्