दुई संसदीय समितिको बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ३ भाद्र। सङ्घीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दै छ । आज अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएका हुन् ।

दिउँसो ३ बजे बस्ने अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१’ मा दफावार छलफल गर्ने कार्यसूची तय भएको छ । बैठक दिउसो १ बजे बस्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्