नेपालसहित हिन्दुकुश हिमालय देशहरु सङ्गटमाः राष्ट्रपति पौडेल

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको जैविक विविधता सङ्कटमा रहेको बताएका छन् । राष्ट्रपति पोडेलले विश्वका दुई अर्ब बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पु¥याएको नेपालको जैविक विविधता सङ्कटमा रहेको बताएका हुन्

आज (सोमबार) काठमाण्डौमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा रहेको हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले विश्वका दुई अर्ब बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पु¥याएको बताए ।

राष्ट्रपति पोडेलले हाल नेपालसहित हिन्दुकुश हिमालय देशहरु सङ्गटमा रहेको भन्दै सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताए ।
हिन्दुकश हिमालय क्षेत्रको भुगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ सङ्कल्प जनाउने अवसरका रूपमा आफूले सम्मेलनलाई लिएको विश्वास व्यक्त गरे ।

विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रि सेल्सियससम्म सिमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिवद्धता पूरा गर्न सम्बन्धित पक्षहरुले आफ्नो आफ्नो ठाउँबाट योगदान पु¥याउनु आजको आवश्यकता भएको राष्ट्रपति पोडेलको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्