अस्ट्रेलियामा जारी टप इन्ड टी– २० सिरिजमा नेपालको तेस्रो हार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ भाद्र । अस्ट्रेलियामा जारी टप इन्ड टी– २० सिरिजमा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ।

अघिल्ला दुई खेलमा पराजित भएको नेपाल आज मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो।

यसअघि अस्ट्रेलियाको डार्बिनमा टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो। मेलवर्नका लागि ब्लाक म्याकडोनाल्डले ७४ र थोमस रोजर्सले ६५ रन बनाए।

नेपालका सन्दीप लामिछानले ३ र सोमपाल कामीले २ विकेट लिए। त्यस्तै शहबाज आलमले १ विकेट लिए।

नेपाल यसअघि एनटी स्ट्राइक्स र बंगलादेश ‘ए’सँग पराजित भएको थियो। नेपालले अर्को भोलि होबर्ट हुरिक्यान्ससँग, बुधबार मेलवर्न रेनेगेड्स र आगामी शुक्रबार पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ।

शीर्ष चार स्थानमा हुने टिम सेमिफाइनलमा खेल्ने छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्