काठमाडौँ, २ भाद्र । आज (सोमबार) संघीय संसद्अन्तर्गत तीन समितिको बैठक बस्दैछ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफलको कार्यसूची छ।
यस्तै ११ बजे नै बस्नेविधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी सैद्धान्तिक छलफल हुने संसद् सचिवालयले जनाएको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।











