राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगद्धारा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन पेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन ३० । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले बार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउनुभयो ।

सामाजिक सद्भाव, ऐक्यवद्धता र सामञ्जस्यता कायम गरी समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रुपान्तरणसम्बन्धी नीति रहेको उहाले बताउनुभयो ।

उहाँले मुस्लिम आयोगको जिम्मेवारी र दायित्व गहन रहेको र आगामी दिनमा आयोगले उक्त दायित्व अझ प्रभावकारी ढंगले निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्