नेपाल टप एन्ड टी–२० शृङ्खलाको पहिलो खेलमा एनटी स्ट्राइकसँग भिड्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज टप एन्ड टी–२० शृङ्खलामा आफ्नो पहिलो खेल अस्ट्रेलियाको स्थानीय टोली एनटी स्ट्राइक विरुद्ध खेल्दैछ। खेल स्थानीय समयअनुसार दिउँसो २ बजे सुरु हुने तालिका छ।

टप एन्ड टी–२० सिरिज बिहीबारदेखि अस्ट्रेलियाको नर्दन टेरिटोरी राज्यमा सुरु भएको हो। २४ अगस्टसम्म चल्ने यो प्रतिस्पर्धामा ११ टोली सहभागी छन्, जसमा नेपालसहित बंगलादेश ‘ए’, पाकिस्तान शाहीन्स ९पाकिस्तान ‘ए’०, अमेरिकाको शिकागो किङ्समेन तथा अस्ट्रेलियाका पाँच प्रमुख बिग ब्यास एकेडेमी टोलीहरू छन्।

नेपालले लिग चरणमा अगस्त १५ – एनटी स्ट्राइक,अगस्त १६ – बंगलादेश ‘ए’,अगस्त १८ – मेलबर्न स्टार्स,अगस्त १९ – होबार्ट हुरिकेन्स,अगस्त २० – मेलबर्न रेनेगेड्स,अगस्त २२ – पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ

लिग चरणपछि शीर्ष ४ टोली सेमिफाइनलमा पुग्ने छन् भने त्यसपछि फाइनल खेल हुनेछ। नेपाल फाइनलसम्म पुग्न सके कुल ८ खेल खेल्नेछ।

क्रिकेट अस्ट्रेलिया र नेपाल क्रिकेट संघ ९क्यान०बीचको सहकार्यमा नेपालले शृङ्खलापछि थप ५ अभ्यास खेल पनि खेल्नेछ।

नेपालको अस्ट्रेलिया भ्रमण अक्टोबरमा ओमानमा हुने टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि हो।
८ देखि १७ अक्टोबरसम्म हुने उक्त छनोट प्रतियोगितामा ९ टोली सहभागी हुनेछन्। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।

छनोटको प्रारूप अनुसार, तीन समूहका शीर्ष दुई–दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्सको शीर्ष ३ टोलीले टी–२० विश्वकपको अन्तिम चरणका लागि स्थान बनाउनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्