उत्तरकोरियासँगै हारेसँगै नेपाल एसिया कपको दौडबाट बाहिरियो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन २५ । अन्तिम खेलमा उत्तर कोरियासँग ११-० गोलअन्तरले पराजित हुँदा नेपाल एएफसी यू(२० महिला एसियन कपमा छनोट हुन असफल भएको छ । भुटानमा जारी छनोटमा नेपाललाई ११(० को गोलअन्तरले हराउँदै उत्तर कोरिया एसिया कपमा छनोट भएको हो ।

समूह ‘ए’ बाट ९ अंक जोड्दै उत्तर कोरिया एसिया कपमा पुगेको हो । पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा थप ६ गोल गर्‍यो । खेलको तेस्रो मिनेटमा नै उत्तर कोरियाले पहिलो गोल गरेको थियो । त्यसपछि १२औं मिनेटमा दोस्रो, २४औं मिनेटमा तेस्रो, ३७औं मिनेटमा चौथो र ४१औं मिनेटमा पाचौं गोल गर्‍यो । दोस्रो हाफमा ४८औं, ५३औं, ८८औं, इन्जुरी समयको पहिलो, छैटौं र अन्तिम मिनेटमा गोल गर्न सफल रह्यो ।

नेपालले पहिलो खेल भुटानसँग १-१ को बराबरी खेल्दा साउदी अरेबियालाई १(० ले पराजित गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्