काठमाडौं । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानको स्तरोन्नती कार्यमा हालसम्म भएको प्रगतिबारे विवरण माग गर्ने निर्णय गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सम्बन्धित निकायलाई हालसम्मको कार्यान्वयन विवरण पेश गर्न सरकारलाई औपचारिक निर्देशन दिएको हो।
समितिका सभापति ठाकुर गैरेका अनुसार, समितिले साउन १२ गते टियु क्रिकेट मैदानको स्थलगत अनुगमन गरेको थियो। अनुगमनपछि अहिलेसम्मको अवधिमा भएका कामको विवरण पेश गर्न भनिएको उनले जानकारी दिए।












