कालीगण्डकीको बहाब यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा

खबर बुक
  • ख-
  • ख+

पर्वत – लगातार परेको वर्षाले कालीगण्डकी नदीमा पानीको बहाब यस वर्षकै उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको पानी कारण आज बिहान नदीको सतह ६ मिटर माथी पुगेको गेज रिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए।

नदीको बहाब बढेपछि पर्वतका बगरफाँट, वारीबेनी, मालढुङ्गा, जैमिनीघाटलगायतका तटीय क्षेत्र जोखिममा परेका छन् । विश्वकै ठूलो शालिग्राम शिला र आसपासका संरचना डुबानमा परेका छन् । शिला संरक्षणका लागि बनाइएका तटबन्ध र ग्याबियन समेत बगाएको छ ।

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका ढोका खोलिए पनि बाढीको कारण पर्वत, स्याङ्जा र गुल्मीको सीमावर्ती सेतीवेणी बजार डुबानको उच्च जोखिममा परेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्