तनहुँको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन १७ । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ ।

विद्युत् सट हुँदा शिक्षालयको भण्डार कोठामा आगो लागेको बताइएको छ । शिक्षालयका प्रमुख कृष्णबहादुर श्रेष्ठका अनुसार आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर र दुईवटा पंखा जलेर नष्ट भएका छन् ।

घटनापछि तुरुन्तै शिक्षक, कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मीहरूले ुफायर एक्सटिङ्गिविसरुको सहायताले आगो नियन्त्रणमा लिएका थिए । समयमै निभाउन सकिएकाले आगलागीबाट थप क्षति हुन नपाएको प्रमुख श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्