ट्रम्पद्धारा रुसनजिक परमाणु शक्तिसम्पन्न पनडुब्बी परिचालन गर्न निर्देशन

खबर बुक
  • ख-
  • ख+

रुसका पूर्वराष्ट्रपतिको भड्काउपूर्ण अभिव्यक्तिपछि अमेरिकाले रुसनजिक परमाणु शक्तिसम्पन्न पनडुब्बी परिचालन गर्ने भएको छ। पूर्वराष्ट्रपति तथा रुसी सुरक्षा परिषदका उपाध्यक्ष दिमित्री मेदभेदेभको अभिव्यक्तिपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उचित स्थानहरूमा पनडुब्बी परिचालन गर्न आदेश दिएका हुन्।

ट्रुथ सोसियलमा पोस्ट गर्दै ट्रम्पले लेख्नुभएको छ, मेदभेदेभका उत्तेजक अभिव्यक्तिका आधारमा सतर्कताका लागि यो निर्णय गरिएको हो । शब्दहरूले कहिलेकाहीं गम्भीर परिणाम ल्याउन सक्छन् ।’ केही समयअघि मेदभेदेभले युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पद्वारा राखिएको अल्टिमेटमको विरोधमा अमेरिकाविरुद्ध गम्भीर चेतावनी दिएका थिए। ट्रम्पले पनडुब्बी कहाँ पठाइएको हो भन्ने खुलाउनुभएको छैन । जुन अमेरिकी सैन्य नीति अनुसार गोप्य राखिन्छ । उनले यी पनडुब्बी आणविक–शस्त्रयुक्त हुन् वा आणविक(ऊर्जामा चल्ने, त्यसबारे पनि प्रष्ट पारेका छैनन्।

‘पूर्वरूसी राष्ट्रपतिको तर्फबाट धम्की आयो । हामी आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक कदम चाल्दैछौँ।’ ट्रम्पले पत्रकारहरूसँग भनेका छन्। यसबीच, ट्रम्प र मेदभेदेभबीच सामाजिक सञ्जालमा व्यक्तिगत आरोप–प्रत्यारोप जारी छ । राष्ट्रपति ट्रम्पले केही समयअघि मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ८ अगस्टभित्र युद्ध रोक्न चेतावनी दिएका थिऐ, जुन रूसले अस्वीकार गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्