बागमती प्रदेशलाई पूर्ण खोप प्रदेश घोषणा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोप प्रदेश घोषणा गर्नुभएको छ ।शुक्रबार भक्तपुरमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेशलाई पूर्ण खोप प्रदेश घोषणा गर्नुभएको हो ।

सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता भएको थियो । प्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोप भएपछि प्रदेशस्तरमा घोषणा गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको डिजिटल हेल्थ कार्यक्रमको पनि उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्ण खोप घोषणा भएकामा प्रदेशलाई बधाई दिँर्द समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य प्राप्तिका लागि निरोगी नेपाल अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले नेपालमा ्मानिसका साथै पशुपंक्षी र वनस्पति पनि निरोगी तथा सहर र गाउँ सफा रहुन् भन्ने सोचका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा समावेश गरेको अवस्थामा उक्त हक प्राप्तिको दिशामा खोप अभियान सार्थक भएको उहाको भनाइ छ । प्रधानमन्त्री ओली आगामी २०८३ मा हामी विकासशील मुलुकमा स्तरोन्नती हुन लागेको भन्दै अरु प्रदेशमा यस्ता अभियान सञ्चालनमा प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । उहाले खोप अभियानका क्रममा उत्कृष्ट कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वंसेविकाहरुलाई सम्मान प्रदान गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्