एमाले सचिव छविलालले हराए घनश्याम भुसाललाई

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १० मंसिर
एमालेका पूर्वनेता घनश्याम भुसाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही-१ बाट पराजित भएका छन् । स्वतन्त्त उम्मेदवारी दिएर सत्ता गठबन्धनको समर्थन पाएका भुसाललाई एमाले सचिव छविलाल विश्वकर्माले हराएका हुन ।

विश्वकर्मा २४ हजार ८७२ मतसहित विजयी हुँदा भुसालले २१ हजार ३०८ मत पाए । एमालेका तत्कालीन स्थायी कमिटी सदस्य भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए ।

उनी ०७४ को निर्वाचनमा रुपन्देही(३ बाट निर्वाचित भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्