काठमाडौँ, श्रावण १० काठमाडौँ शाखाको २८औं साधारण सभाको उद्घाटन सत्र आज काठमाडौँमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ। “नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता” भन्ने मूल नाराका साथ आयोजना गरिएको सत्रमा समाजका विभिन्न तहका व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय रह्यो।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री आदरणीय पूर्णबहादुर खड्काले उपस्थित भई समारोहको उद्घाटन गर्नुभयो। उहाँले आफ्नो मन्तव्यमा ,नागरिक आकांक्षा नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चतालाई ध्यानमा राखी मानव अधिकारको संरक्षण, सामाजिक समावेशिता र संस्थागत न्यायको प्रवर्धनका साथसाथै राजनीतिक दलका उच्च पदमा रहनुभएकाहरूले आफ्नो गल्ती कमजोरीहरू स्वीकारेर अब गल्ती कमजोरी नदोराएर देशलाई समृद्धि बनाउनतिर लागेर आम नागरिकले खोजेका कुराहरू पूरा गर्न सके मात्र यो देश र जनतामाथि न्याय हुने कुरामा जोड दिनुभयो यसका लागी सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
यसैविच, आज सम्पन्न शाखाको २८औं जिल्ला साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। “नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता” भन्ने मूल नारासहित सम्पन्न सभाबाट ११ सदस्यीय जिल्ला समिति पूर्ण रूपमा निर्विरोध निर्वाचित गरिएको छ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुमा सभापति: विकास थापा उपसभापति: सार्जन चापागाईं सचिव: रविना पौडेल सहसचिव: बुद्धराज रिसाल कोषाध्यक्ष: नवराज चापागाईं सदस्यहरू: नरेन्द्र मान श्रेष्ठ परशुराम आचार्य चन्द्रबहादुर केसी रिता अधिकारी सुशिला अधिकारी सुनिता पनेरु दाहाल सभापति विकास थापाको नेतृत्वमा निर्वाचित समितिले संस्थाको उद्देश्य मूल्य मान्यता अनुरूप मानव अधिकार प्रवर्द्धन, सामाजिक न्याय र शान्तिको अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।
यसैविच, आज बसेको पहिलो समितिको बैठकबाट थप ४ जना सदस्यहरू मनोनित गरिएको घोषणा गरिएको छ। मनोनित सदस्यहरू यसप्रकार छन्: सदस्य: सीता घिमिरे तिमल्सिना सदस्य: गङ्गा विश्वकर्मा सदस्य: भवनाथ पाठक सदस्य: सरस्वती गुरागाईं यो समितिले सहभागिता, समावेशिता र सहकार्यको भावनालाई आत्मसात गर्दै आगामी दिनमा मानव अधिकार ,लोकतन्त्र रक्षार्थ र शान्तिको क्षेत्रमा प्रभावकारी गतिविधिहरू सञ्चालन गर्ने योजना अघि सारेको छ।












