उदयपुर १ (क) मा राजन किराती विजयी

खबर बुक
  • ख-
  • ख+

उदयपुर, ९ मंसिर । उदयपुर १ (क) मा राजन किराती एक हजार २४३ मतले विजयी भएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदबार माओवादीका किराती १५ हजार ९२ मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले जनाएको छ ।

उनका निकटतम प्रतिष्पर्धी एमालेका उम्मेदबार कुशलबाबु बस्नेतले १३ हजार ८४९ मत ल्याएका छन् । बेलका र चौदण्डीगढी नगरपालिका गरी ३८ हजार ८५७ मत खसेको थियो । खसेको मतमध्ये एक हजार ८७५ बदर भएको छ । किराँती सोही क्षेत्रबाट दुईपटक संविधानसभाको निर्वाचनमा पराजित भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्