भरतपुरमा आज तीन घन्टा बिधुत अबरूद्द हुने

खबर बुक
  • ख-
  • ख+

चितवन, २८ असार । भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा शनिबार तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर महानगर वडा नम्बर ६, ७, ८, १०, १३, १४, १५, १६, २२ र आसपासका क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर–१, औद्योगिक–१, हस्पिटल फिडर र ३३ केभी देवनगर प्रसारण लाइन अन्तर्गत विरुद्ध अवरुद्ध हुने छ ।

बाइपास रोडमा ११ केभी प्रसारण लाइनको विद्युतीय संरचनाहरू निर्माण गर्नुपर्ने भएकोले उक्त स्थानमा विद्युत अवरुद्ध हुने भएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्