काठमाडौं, असार २६ । नेकपा माओवादी केन्द्रले रसुवामा आएको बाढीमा परेकाको उद्दारका साथै राहत तथा पुनस्र्थापनाका लागि गम्भीरतापूर्वक काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले बाढीमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्दारका साथै राहत तथा पुनस्र्थापनाका लागि गम्भीरतापूर्वक काम गर्न सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।
बैठकले प्राकृतिक प्रकोपका कारण भविष्यमा हुनसक्ने क्षतिहरुको पनि अहिले नै गम्भीर तयारी गर्न समेत माग गरेको उहाले बताउनुभयो । बैठकले साउनको ७ गते पुष्पलालको जन्म दिवस मनाउने निर्णय गरेको उहाले जनकारी दिनुभयो ।
त्यस्तै बैठकले आन्तरिक तथा संगठनात्मक बिषयमा केहि निर्णयहरु भएको प्रवक्ता सापकोटाले बताउनुभयो ।












