काठमाडौं, २५ असार । ललितपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। आज राति सवा दुई बजे ललितपुर महानगर– २७ सुनाकोठीबाट ठेचो तर्फ जाँदै गरेको ना ६५ प ६५८ नम्बर को मोटरसाइकल अनियन्त्रित भई नालीमा ठोक्किँदा चालक २९ वर्षीय प्रशान्त राई गम्भीर घाइते भएका थिए।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ घर भएका राईलाई तत्काल प्रहरीले उद्धार गरी पाटन अस्पताल लगेको थियो। उनको उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












