प्रधानमन्त्री केपी शर्मा ओली लगाएतका सरकारी प्रतिनिधिले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुराएको जनधनको क्षतिको स्थलगत निरिक्षण गर्ने भएका छन् ।
प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक लगाएतको टोली मंगलबार नै रसुवा पुगेर जनधनको क्षतिको स्थलगत निरिक्षण गर्न लागेको हो । गृहमन्त्री रमेश लेखकले रसुवामा निकै क्षति पुर्याएको बताए । पहिले स्थलगत निरिक्षण गरेपछि फर्केर बैठक बसि आवश्यक निर्णय लिइने उनले जानकारी दिए ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल–चीन नाकाको मितेरी पुल बाढीले बगाएको छ भने १८ जना व्यक्ति वेपत्ता भएका छन् ।









