कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ असार । कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेहरूमा म्याग्दी धौलागिरी गाउँपालिका–३ बस्ने ५० वर्षीय दुर्गा नारायण बुढा र ४९ वर्षीय पर्सबहादुर बुढा रहेका छन् । 

जिल्ला अदालत म्याग्दीको २०५९ फागुन २५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका पर्स बहादुर र सोही अदालतको २०६६ असोज २६ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका दुर्गा नारायणलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका–१ बाट पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाइएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्