१० करोडको बैंकिङ कसुरमा पक्राउ परेका ठेकेदार रिहा

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, असार २२ । पुरानो बसपार्कमा ‘काठमाडौं भ्यू टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई हाजिर जमानीमा रिहा भएका छन्। उनलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि रिहा भएका हुन्।

उनी गत असार १३ गते प्रहरी परिसर काठमाडौंले अनामनगरबाट पक्राउ गरेको थियो। दम र सुगरको बिरामी भएकाले उनलाई सोही रात धुम्बाराहीको ह्याम्स अस्पताल लगिएको थियो।

असार १५ गते जिल्ला अदालत काठमाडौंले भेटवाललाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। दोस्रो पटक गत शुक्रबार म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्