तीन महिना देखि भारतमा रहेका ७ नेपाली बालकको उद्धार

खबर बुक
  • ख-
  • ख+

भारतबाट सात जना नेपाली बालकको उद्धार गरिएको छ । उद्धार गरिएका उनीहरुलाई परिवारको जिम्मा समेत लगाइएको छ । बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र जनकपुरले मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवको उपस्थितिमा भारतबाट उद्धार गरी नेपाल ल्याइएका बालकलाई अभिभावकको जिम्मा लगाइएको हो ।
तीन महिना अघि भारतको चेन्नइमा काम गर्नका लागि जाने क्रममा भारत विहारको मुजफ्फरपुर रेल्वे स्टेशन पुगेका ती बालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले त्यहाँ रहेको बाल कल्याण समितिको जिम्मा लगाएको थियो ।

भारतबाट उद्धार गरेर ल्याइएका सर्लाहीका तीन र महोत्तरीका चार जना बालक रहेका छन् ।

उनीहरुलाई कानूनी प्रक्रिया पूरा गरेर उद्धार गरी गत शुक्रवार नेपाल ल्याइएको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र धनुषाका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्