वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै एक करोड २० लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।ठगी अभियोगमा प्रहरीले ललितपुर महानगर २५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो।
उनले युके पठाइदिन्छु भन्दै पीडितबाट एक करोड २० लाख ४४ हजार रुपैयाँ ठगी गरी फरार भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर ४ एकान्तकुनाबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान गर्न वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।












