पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न अदालतकाे आदेश 

खबर बुक
  • ख-
  • ख+

जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासले बयान र थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै पाठक बिहीबार जिल्ला अदालत उपस्थित भएका हुन्। आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो।

नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाउने सामाग्री प्रशारण गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेको थियाे। यसअघि प्रहरीले पक्राउ गरी पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो।

यसैबीच उच्च अदालत पाटनले पक्राउ नगर्न आदेश दिएपछि उनी पक्राउ परेका थिएनन्। पक्राउ नगरी प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्