पुर्वसांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको छ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार १५ । पूर्वसांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको छ । ८७ वर्षको उमेरमा आज उनको निधन भएको हो । कँडेल लामो समयदेखि मुटुको रोगबाट पीडित थिए । 

चितवनदेखि काठमाडौं उपचारका लागि जाने क्रममा कँडेलको निधन भएको नेकांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले जानकारी दिए । उनी २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

कँडेलले २०३७ सालदेखि २०४८ सालसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको नेतृत्व गरेका थिए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्