पुष्पा भुसाल पराजित भएपछि कांग्रेस अर्घाखाँचीका नेता पौडेलले दिए राजीनामा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि  पौडेलले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस तथा पाँचदलीय गठबन्धन पराजय भएपछि उनले बिहीबार नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

उनले पार्टीमा देखिएको अराजकता, असहिष्णु व्यवहारका कारण अर्घाखाँचीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पा भुसालसहित प्रदेशका दुवै सिट गुमेकाले पदमा बस्न नैतिकताका आधारमा नमिल्ने भन्दै उनले जिल्ला कार्यसमितिबाट राजीनामा दिएका हुन् । उनले आगामी दिनमा कांग्रेसभित्रै रहेर राजनीति गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भुसाल एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी छन् । जिल्लाका सबै सिटमा एमालेले क्लिन स्विप गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्