एमालेका पदम गिरी पर्वतबाट निर्वाचित

न्युज कारखाना
  • ख-
  • ख+

पर्वत, ८ मंसिर
नेकपा एमालेका पदम गिरी पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेसका अर्जुन जोशीलाई २२ सय ६३ मतान्तरले हराउँदै गिरीले संसद यात्रा तय गरेका हुन् । गिरीले २९ हजार ८७२ र जोशीले २७ हजार ६०९ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुनले ४ हजार १७३ र राप्रपाका दिपकबहादुर मल्लले १ हजार ३४ मत प्राप्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्