यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ८ मंसिर
नेपाल राष्ट्र बैंकले बिहहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६६ पैसा र बिक्रीदर १३१ रुपैयाँ २६ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा कायम छ । अष्ट्रेलियन डलर खरिदमा ८६ रुपैयाँ र बिक्रीमा ८७ रुपैयाँ २९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ, सिंगापुरे डलरको खरिददर ९४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८५ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८ रुपैयाँ ३४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रीदर २८ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्