लिबियामा डुङ्गा डुब्दा ६० आप्रवासीको ज्यान गएको आशङ्का

खबर बुक
  • ख-
  • ख+

लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक हप्तामा दुई वटा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको ज्यान गएको अनुमान गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले जनाएको छ ।

जुन १२ मा त्रिपोलीमा रहेको लिबियाको बन्दरगाह नजिकै पहिलो जहाज दुर्घटना हुँदा महिला र बालबालिकासहित २१ जना बेपत्ता भएका थिए । पाँच जना भने र जीवित फेला परेका आईओएमले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

समुद्रमा डुबेर ज्यान गुमाउनेमा इरिट्रिया, पाकिस्तान, इजिप्ट र सुडानका नागरिक रहेका छन् । संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार दोस्रो दुर्घटना बन्दरगाह शहर तोब्रुकबाट झन्डै ३५ किलोमिटर टाढा भएको थियो, जहाँ कम्तीमा ३९ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीएफले जनाएको छ ।

भूमध्यसागर पार गरेर युरोप जाने क्रममा यस वर्ष अहिलेसम्म कम्तीमा सात सय ४३ जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्