काठमाडौँ । कर्णालीमा सुशासनको माग र भ्रष्टाचारविरुद्ध खबरदारी गर्न खाली खुट्टा सुर्खेतदेखि काठमाडौंसम्मको पैदल यात्रा गरेका नवराज बोहोरा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन्।
बोहोरा ३० दिन लामो यात्रा पूरा गरी सोमबार काठमाडौं आइपुगेका थिए। उनले ३१औं दिन, मंगलबार सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने प्रयास गरेका थिए। तर प्रधानमन्त्री व्यस्तताका कारण भेट हुन नसकेपछि उनले आफ्ना कुरा प्रधानमन्त्रीका मुख्यसचिवमार्फत प्रस्तुत गरेका हुन्।
बोहराले जेठ ४ गते सुर्खेतबाट ूअनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी अभियानू नामक जनचेतनामूलक यात्रा सुरु गरेका थिए। यात्राको क्रममा उनले स्थानीय बासिन्दा, युवायुवती तथा सरोकारवाला निकायहरूसँग संवाद गर्दै भ्रष्टाचारविरुद्ध जनमत सृजना गर्दै आएका थिए।












